डियरवाक सिफल रात
हाम्रो डियरवाक सिफल रात श्रावनको १२ गते साँझ ४:३० बजे शुरु भएर ७ बजे सकिएको थियो । यो कार्यक्रम हाम्रो विद्यालयको सगरमाथा हलमा धेरै रमाइलोसँग सम्पन्न भएको थियो । उक्त कार्यक्रममा म पनि नाटक र नृत्यमा सहभागी भएको थिएँ । मेरो सहभागिता भएका कार्यक्रमहरूमा सेनाेरिता गीतमा नाच, अङ्क बारेकाे गीत गाउने र मोबाइल फोन सम्बन्धी नाटक थिए । डि.एस.एन कार्यक्रमको बिचमा मैले नेपाली गाउँघरहरूमा सासु बुहारी सम्बन्धी चुट्किला भनेको थिएँ । मेरो चुट्किला सुनेर सबै अभिभावकहरू हाँस्नु भएको थियो । अरु साथीहरूले पनि कार्यक्रमको बिचमा राम्रो प्रस्तुतिहरू दिएका थिए । डि.एस.एन कार्यक्रममा मेरा आमाबुबा र मेरा साथीहरूका आमाबुबा सहित करिब २०० जना आउनुभएको थियो । उक्त कार्यक्रममा हामीले धेरै रमाइलाे गर्याैँ । गुरुहरू र हामी विद्यार्थीहरूको चार दिनको अथक प्रयासबाट डि.एस.एन कार्यक्रम रमाइलोसँग सफल रुपमा सम्पन्न भएको थियो । कार्यक्रमको अन्त्यमा प्रिन्सिपल सरले सबैलाई धन्यवाद दिएर डि.एस.एन कार्यक्रम समापन गर्नुभएको थियो ।
0 reads
Published on 9/5/2023
Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Abhinya Ghimire
Grade 2
Roll No: 34042
19
More Articles from
Student