डा. सन्दुक रुइत
डा. सन्दुक रुइतकाे जन्म वि.सं २०११ साल भाद्र १९ गते नेपालको ताप्लेजुङ जिल्लाकाे ओलाङचुङगाेलामा भएको थियो । उनका बुबाकाे नाम साेनाम रुइत र आमाकाे नाम केसाङ रुइत हाे । सानैमा आफ्ना ५ दाजुभाइ दिदीबहिनीमध्ये तीन दाजुभाइ र दिदीबहिनी गुमाउनुपरेको कारण चिकित्सक सेवा र उपचारको महत्त्व उहाँले सानैमा बुझ्नुभएको थियो । त्यसैले डाक्टर बनेर गरिबहरूको सेवा गर्ने आँट पनि लिनुभएको थियो । डाक्टर सन्दुक रुइतको विद्यालयकाे पढाइ दार्जलिङ र काठमाडौँमा भएको थियो । सन् १९९४ मा उहाँले तिलगङ्गा आँखा केन्द्रको स्थापना गर्नुभयो । अहिले यो केन्द्र प्रतिष्ठान भएको छ । यसले उपचार सेवामा घुम्ती आँखा शिविर, सस्तो लेन्स उत्पादन, डाक्टरलाई तालिम दिने जस्ता कामहरू गर्दछ । डाक्टर सन्दुक रुइतले फिलिपिन्सकाे रमन म्यागासेसे पुरस्कार, भारतको पद्मश्री पुरस्कार, बहराइनकाे इसा पुरस्कार जस्ता ठुला पुरस्कारहरू र सम्मानहरू पाउनुभएको छ । नेपालको लागि उहाँले महत्त्वपूर्ण योगदान दिनुभएको छ । मोतिबिन्दु रोगको शल्यक्रियालाई सजिलो, सस्तो र भरपर्दो बनाउनमा उहाँको ठुलो योगदान रहेको छ ।
1 reads
Published on 7/1/2025
Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Abhinya Ghimire
Grade 4
Roll No: 34042
19
More Articles from
Student