underline

दसैँ

Underline

Share:

दसैँ  हाम्रो देशकाे मुख्य चाड हो। यही चाडको लागि हाम्रो विद्यालय वि.सं २०८०/ ६ /२७ देखि बिदा भएको थियो। दसैँको पहिलो दिन घटस्थापना हो। असोज २८ गते परेको थियो। यस दिन जौ वा मकैलाई बालुवा र माटोमा मिसाएर पूजा गरी पूजा कोठामा जमरा राखिन्छ । दसैँको सातौँ दिन भगवती दुर्गाको पूजा गरी फूलपाती भित्र्याइन्छ। त्यस दिनलाई फूलपाती भनिन्छ। दसैँको आठौँ दिनलाई महाअष्टमी भनिन्छ।  त्यस दिन खसी बोका राँगाको बलि दिएर दुर्गा भवानीको पूजा गरिन्छ। दसैँको नौ दिनलाई महानवमी भनिन्छ । दसैँमा दुर्गा भवानीको नौ वटा रूपलाई नवदुर्गाको रूपमा पूजा गरिन्छ। दसैँको दसाैँ दिनलाई विजयादशमी भनिन्छ। विजयादशमी दसैँको मुख्य दिन हो। यस दिन आफूभन्दा ठुला मान्यजनको हातबाट टीका र जमरा लगाई आशीर्वाद लिइन्छ।  विजयादशमीको दिन नयाँ लुगा लगाई मिठा खानेकुरा खाएर सबैजना जम्मा भई पिङ खेलिन्छ। विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाइन्छ । दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा हो। यस दिन टीका लगाएपछि दसैँ सकिन्छ। मलाई दसैँ मनाउन मन पर्छ ।

0 reads

Published on 8/29/2024

Image

Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abhinya Ghimire

Grade 3

Roll No: 34042

19

More Articles from

Student

Underline