underline

मेरो गाउँघर

Underline

Share:

मेरो गाउँ ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकामा पर्छ । मेरो गाउँको नाम धुसेनी हो । गतवर्षकाे दसैँमा म गाउँ गएकाे थिएँ । मेरो गाउँको घरमा हजुरबा र हजुरबुबा हुनुहुन्छ । मलाई दुवैजनाले धेरै माया गर्नुहुन्छ । मेरो गाउँको सिरानमा चम्पादेवी माताको मन्दिर छ । जङ्गलको बिचमा रहेको मन्दिर धेरै सुन्दर र रमाइलो छ । हामी सबैजना मन्दिरमा दर्शन गर्न गयाैँ । मन्दिर छेउको जङ्गलमा धेरै थरीका चराहरू जस्तै: काग, परेवा, काेइली, चिबे, ढुकुर, कालिज र भँगेरा थिए । यसका साथै जङ्गली जनावरहरू जस्तै : मृग, बाँदर, घाेरल र चितुवा पनि थिए । मैले गाउँको जङ्गलमा चिलाउने, उत्तिस र पिपलका ठुला ठूला रुखहरू पनि देखेँ । गाउँमा भएको जङ्गलमा मलाई धेरै रमाइलो भयो । जङ्गल घुमेपछि हामी घरमा आएर मिठो खानेकुरा खाएर रमाइलो गर्‍याैँ । दशमीको दिन हामी सबैले हजुरबुबा र हजुरआमाको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिएर पिङ खेल्न गयाैँ । पिङ भएको ठाउँमा गाउँघरका सबैजना नयाँ कपडा लगाएर पिङ खेल्न आएका रहेछन् । हामी सबैजना मिलेर पिङ खेलेर रमाइलो गर्‍याैँ । मलाई मेराे गाउँघर रमाइलाे लाग्छ ।

1 reads

Published on 12/5/2023

Image

Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abhinya Ghimire

Grade 2

Roll No: 34042

19

More Articles from

Student

Underline