underline

मेरो विद्यालय

Underline

Share:

मेरो विद्यालयको नाम सिफल स्कुल हो । यो काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नंम्बर ७ को सिफलमा पर्दछ । पशुपतिनाथ र जयबागेश्वरी जस्ता प्रसिद्ध मन्दिरको छेउमा रहेको हाम्रो विद्यालय हरियाली वातावरण सहित धेरै रमाइलो छ । मेरो विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुन्छ । मेरो विद्यालयमा धेरै अनुभवी शिक्षक र शिक्षिकाहरूले गुणस्तरीय शिक्षा दिनुहुन्छ । मेरो कक्षाकोठामा २२ जना विद्यार्थीहरू छन् । मेरो कक्षा कोठा सफा र शान्त छ । मेरो विद्यालयमा तीनवटा खेल मैदानहरू छन् । मेरो विद्यालयमा बास्केटबल, फुटबल, टेबलटेनिस आदि खेलहरू खेलिन्छन् । मेरो विद्यालयमा कम्प्युटर सम्बन्धी काेडिङ पनि पढाइन्छ । यसको साथै मलाई धेरै मन पर्ने संस्कृतको पनि पढाइ हुन्छ । मेरो विद्यालयमा पुस्तकालय पनि छ । हामी पुस्तकालयमा गएर पढ्छाैँ । मेरो विद्यालयमा आधुनिक र गुणस्तरीय पढाइ हुने भएकोले मलाई मेराे विद्यालय धेरै मन पर्छ ।

0 reads

Published on 1/19/2024

Image

Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abhinya Ghimire

Grade 2

Roll No: 34042

19

More Articles from

Student

Underline