underline

नारायणहिटी सङ्ग्रहालय

Underline

Share:

नारायणहिटी सङ्ग्रहालय

मेरो स्कुलमा बिदाको दिन म नारायणहिटी सङ्ग्रहालय गएँ। नारायणहिटी सङ्ग्रहालय दरबार मार्गमा पर्दछ । नारायणहिटी सङ्ग्रहालय पहिला राजदरबार थियो । त्यहाँ राजारानी बस्दछे। अहिले त्यो ठाउँ सङ्ग्रहालयको रूपमा परिणत भएको छ। त्यहाँ सुरुमा हामीले ठुलो कोठा देख्यौँ । त्यहाँ हामीले सोफा, कुर्सी, राजाहरूका फोटो, टेबुल, फूल आदि देख्यौँ । त्यो ठाउँमा बैठक कोठा पनि थियो। त्यसपछि हामी खाना खाजा खाने कोठामा गयौँ । त्यहाँ धेरै कुर्सीहरू थिए । त्यसपछि राजारानी र अरुहरूले खाएपछि आराम गर्ने कोठा पनि थियो । त्यसपछि मैले पशुपतिनाथको मूर्ति शिवलिङ्ग आदि देखेँ । राजा रानीका पाहुना र अरु पाहुनाहरूको सुत्ने कोठा पनि थियो। रानीको मेकअप कोठा देखेँ । त्यहाँ एउटा ठुलो कोठामा समस्या परेको बेला राजाले गर्ने छलफल हल थियो। त्यसपछि राजाहरूले दिएको पुरस्कारको कोठा हेरेँ । जन्मदिनको बेलामा पार्टी हुने कोठा पनि थियो। त्यहाँ धेरै थरीका कोठाहरू थिए । भान्साकोठा पनि थियो । त्यसपछि हामी फूलबारीतिर गयौँ । हामीले गोलीका दाग, फूलहरू, खेल्ने ठाउँ आदि देख्यौँ । त्यहाँ भगवानको मूर्ति र मन्दिरहरू पनि देख्यौँ । त्यहाँ मैले राजा रानीको वस्त्रहरू पनि देखेँ। मन्दिरमा महादेवले मरेकी सतीदेवीलाई काँधमा बोकेको मूर्ति देखेँ । सतीदेवी मरेको कारण चाहिँ आगोमा हाम फालेर हो। हाम फाल्ने कारण चाहिँ उनका बुबाले उनलाई महादेवको बारेमा नराम्रो बोलेर सतीदेवीलाई पिर लागेपछि आगोमा हाम फालेकी थिइन्। यो मन्दिर चाहिँ नारायणहिटी प्यालेस नजिकै छ। यहाँ यही नारायणको मन्दिर भएकाले नारायणहिटी प्यालेसको नाम रहेको हो।

8 reads

Published on 3/20/2026

Image

Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abhinya Ghimire

Grade 4

Roll No: 34042

19

More Articles from

Student

Underline