underline

मेरो जन्मदिन

Underline

Share:

मेरो जन्म २०७३ सालको श्रावण महिनाको ११ गते सोमबार ठुलो एकादशीको दिन काठमाडौँको मोडेल अस्पतालमा भएको थियो। त्यसैले गत वर्षकाे २०८० सालको श्रावण ११ गते मेरो जन्मदिन मनाइएको थियो । जन्मदिन मनाउने सन्दर्भमा म त्यस दिन बिहान ६ बजे उठेर हातमुख धोएर रातो कपडा लगाई मैतीदेवी मन्दिरमा गएर दर्शन गरेँ । अनि बत्ती बालेँ । परेवालाई चारो दिएर फोटो खिची घरमा आएर स्कुल गएँ । स्कुलबाट फर्किँदा मेरो घरमा जन्मदिन मनाउन पाहुना र साथीहरू आइसक्नुभएको रहेछ । बुबाले बेलुन, मैनबत्ती र केक ल्याउनुभएको रहेछ । हामी सबैजना रमाइलो गर्दै साँझ ७ बजेतिर केक काटेर सबैजनालाई केक बाँडेर खाएर जन्मदिन मनायौँ ।

0 reads

Published on 7/30/2024

Image

Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abhinya Ghimire

Grade 3

Roll No: 34042

19

More Articles from

Student

Underline