underline

आदिकवि भानुभक्त आचार्य

Underline

Share:

भानुभक्त आचार्यलाई नेपाली साहित्यको क्षेत्रमा आदिकविको रूपमा चिनिन्छ । उनी नेपाली साहित्यका प्रतिष्ठित कवि हुन् । उनको जन्म  वि.सं १८७१ असार २९ गते  तनहुँको रम्घामा भएको थियो। उनका बाबुको नाम धनञ्जय आचार्य, माताको नाम धर्मावती र बाजेको नाम पण्डित श्रीकृष्ण आचार्य हो । घाँस काट्ने घाँसीको कामबाट प्रभावित भएर उनले संस्कृतमा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर सबै नेपालीले बुझ्ने गरी परिचित गराए । उनले लेखेका अन्य महत्त्वपूर्ण कृतिहरूमा भक्तमाला, वधूशिक्षा, प्रश्नोत्तरी आदि पर्दछन् । उनका कृतिहरू नेपाली समाजमा अत्यन्त प्रिय छन् । उनको योगदानको सम्मानमा भानुजयन्ती मनाइन्छ । भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा अमूल्य योगदान पुर्‍याएका छन् । उनका कृतिहरू आज पनि नेपाली साहित्यमा महत्त्वपूर्ण स्थानमा छन् ।

0 reads

Published on 7/26/2024

Image

Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abhinya Ghimire

Grade 3

Roll No: 34042

19

More Articles from

Student

Underline