underline

भाटभटेनीः पुस्तक समीक्षा

Underline

Share:

परिचयः भाटभटेनी एक चित्रकथा हो । यो कथाको लेखक ध्रुव घिमिरे हुन् । यो कथाको चित्र भर्ने काम एकाराम सिंले गर्नुभएको छ । यो चित्रकथा बाल संसार प्रा.लिले प्रकाशन गरेको हो । यस चित्रकथामा २० पृष्ठहरू रहेका छन् ।

पात्रहरूः यस कथाका पात्रहरू सुदेव भाट, सुदेवी भटेनी, शुद्धदेव, राजा ब्रह्मदेव, भाटभटेनीका छोरा भिल्ल र चिल छन् ।

कथावस्तुः यो कथामा एउटा भिल्ल भन्ने बालकलाई चिलले उडाउँछ। भाट र भटेनीले आकाशतिर हेर्दा त आफ्नो छोरालाई चिलले झुन्ड्याएर लगेकाे देख्छन् । भाट र भटेनी चिलको पछिपछि दौडिन्छन् । याे कुरा कान्तिपुरका राजाकाे दरबारमा पुग्छ । राजा ब्रह्मदेव अचम्ममा पर्छन् । राजाले यसको रहस्य बुझ्नै पर्छ भनेर भाट र भटेनीलाई दरबारमा बोलाउछँन् । अनि भाटभटेनीले आफ्नो घरमा एउटा परदेशी आएर बसेको र उसैलाई हेरालु राखेर आफू बारीमा काम गर्न गएको कुरा भन्छन् । परदेशीले राम्ररी नहेरेको हुनाले उसलाई सजाएको माग गर्छन् । परदेशीले चिलले बालक उडाउनुमा आफ्नो केही गल्ती छैन भन्ने कुरा बताउँछ । परदेशीले फलामलाई घुनले खान सक्छ भने चिलले मान्छेको बच्चा पनि त उडाएर लैजान सक्छ भन्ने कुरा गर्छन् । राजाले कुरा नबुझेपछि शुद्धदेवले १२ वर्ष अगाडि सुनको डल्लाले भरिएको फलामको ढुङ्ग्रोलाई पछि फिर्ता लिने गरी भाटभटेनीलाई दिएको तर उनीहरूले फिर्ता नदिएपछि चिलले बच्चालाई उडाएको कुरा भन्छन् । त्यसपछि राजाले भाटभटेनीलाई दोषी ठहर गरी मन्दिरमा झुन्ड्याएर सजाय दिन्छन् ।

निष्कर्षः यो कथा पढ्दा मलाई रमाइलो लाग्यो । चित्रहरू पनि धेरै राम्रा छन् । म यो पुस्तक सबैलाई पढ्न अनुरोध गर्छु । यो कथाबाट हामीले पनि अरूको सामान लिएको छ भने झुट कुरा नबोलीकन समयमै फिर्ता दिनुपर्छ भन्ने शिक्षा पाइन्छ ।

0 reads

Published on 8/1/2024

Image

Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abhinya Ghimire

Grade 3

Roll No: 34042

19

More Articles from

Student

Underline