मेराे देश
नेपालजस्तै भेटिँदैन अरू कुनै देश
थरीथरी जातजाति थरीथरी भेष ।
स्वदेशमै काम गराैँ बचाऔँ जन्मभूमि
देश बचाउनलाई युवा आऊ घुमीघुमी ।
आफ्नै देशमा चारैतिर राखाैँ हराभरा
नदीनाला, जडीबुटी छन् देशमा सारा ।
रमणीय ठाउँहरू जताततै बाटाे
फलाऊँ फुलाऊँ यहाँ मलिलाे छ माटाे ।
नेपालीलाई चिनाउने शिर सगरमाथा
प्राेत्साहन हुनुपर्छ पढी वीरगाथा ।
आँखामुनि झल्कियाेस् आफ्नै देशकाे छायाँ
झुक्ने हैन लड्ने हाे गरी देशलाई माया ।
सम्झनामा सधैँ हुन्छ आफ्नाे प्याराे गाउँ
थाेरै थाेरै परिश्रमले बनाऊँ आफ्नाे ठाउँ ।
सबै मिली काम गर्दा हुन्छ धेरै जति
जातभात विभेद नहाेस् हामी सबै साथी ।
नमुना नै बनाऊँ देश सबै मिली हाम्रा
विकसित स्वच्छ सफा बन्छ देश राम्राे ।
देश बनाऔँ नेपाली हाे हामी सबै जागाैँ
भालि हाेइन पर्सि हाेइन आजैबाट लागाैँ ।
नेपाल जस्तै भेटिँदैन अरू कुनै देश
थरीथरी जातजाति थरीथरी भेष ।
स्वदेशमै काम गराैँ बचाऊँ जन्मभूमि
देश बनाउन लागाैँ युवा आऊ अब घुमी ।
0 reads
Published on 8/24/2024
Saphal Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Saphal Pokharel
Grade 6
Roll No: 31052
29
More Articles from
Student