underline

किसानको महत्त्व

Underline

Share:

किसान भनेका खेतबारीमा काम गर्ने मानिस हुन् । उनीहरूले कृषि सम्बन्धी काम गर्छन् । हामीले किसानहरूलाई सम्मान गर्नुपर्छ। किसानलाई झरी, बादल, शीत, घाम केहीको पनि डर छैन । उनीहरूले आफ्नो काम गरेनन् भने यो संसारका मानिस भाेकभाेकै हुन्थे । किसानले नै हाम्रो लागि फलफूल, तरकारी, अन्न फलाउँछन् । किसानहरू धेरै मिहिनेती हुन्छन् । हामी पनि किसान जस्तै हुनुपर्छ । उनीहरूले धेरै सालदेखि हाम्रो भोक टार्न धेरै मेहनत गरेका छन् । तिनीहरूको सङ्घर्ष, उत्साह र कर्मशीलताले हामी प्रेरित छौँ । उनीहरू दिनदिनै हाम्रो भोक टार्न धेरै मिहिनेत गरेका छन् । यो मिहिनेती उनीहरूको कर्मशीलता र संघर्षप्रतिको उत्साहमा देखिन्छ । उनीहरूमा घमण्ड हुँदैन । कहिल्यै अल्छी गर्दैनन् आफ्नो काम सधैँ गर्छन् । त्यसैले हामीले किसानहरूले गर्ने कामको सम्मान गर्नुपर्छ ।

0 reads

Published on 12/11/2023

Image

Saphal Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Saphal Pokharel

Grade 5

Roll No: 31052

29

More Articles from

Student

Underline