underline

मेरो देश

Underline

Share:

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी" सबैलाई आफ्नो देश जन्मभूमिको धेरै माया लाग्छ। मलाई मेरो देश स्वर्ग जस्तै लाग्छ। आज म मेरो देशको बारेमा लेख्न गइरहेको छु । मेरो देश नेपाल हो। नेपाल भारत र चीनको बिचमा छ । नेपालको राजधानी काठमाडौँ हाे । नेपालमा ७ ओटा प्रदेश र ७७ ओटा जिल्लाहरू छन्। नेपालको राष्ट्रिय जनावर गाई हो । नेपालको राष्ट्रिय चरा डाँफे हो । नेपालको राष्ट्रिय फूल लाली गुराँस हो ।नेपाल एउटा सानो तर शान्त देश हो । नेपालमा धेरै जातजातिका मानिसहरू बसोबास गर्छन् नेपालमा धेरै भाषाहरू बोलिन्छ । नेपालमा धेरै प्राकृतिक र सांस्कृतिक सम्पदाहरु छन् । नेपालमा सगरमाथा छ। नेपाललाई बुद्धको जन्मभूमि भनेर पनि चिनिन्छ। नेपालका पहिलो राजा पृथ्वीनारायण शाह थिए । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल हुन् । नेपालमा बसोबास गर्ने मानिसहररू सहयोगी छन् ।नेपाल जलस्रोतमा विश्वको दोस्रो सबैभन्दा धनी देश हो । नेपालमा धेरै पर्यटकीय क्षेत्रहहरू छन् । मलाई मेरो देश नेपालको धेरै माया लाग्छ ।

0 reads

Published on 7/25/2023

Image

Saphal Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Saphal Pokharel

Grade 5

Roll No: 31052

29

More Articles from

Student

Underline