underline

हजुरआमा

Underline

Share:

हजुर आफ्नो नाम जस्तै हुनुहुन्थ्यो शान्त

पाल्नुभयो तीनजना छोराछोरी

गर्नुभयो धेरै दुःख

सन्तान पाल्नलाई

हजुरका छोराछोरी हुर्किए

छोरीहरू अर्काको घर गए

घरमा बाँकी भयो एउटा छोरा सौगात

नाम जस्तै हजुरको लागि उपहार

हजुरले गरेको दुःख देखेर छोराले हजुरलाई सुख दिए

बनाइदिए उनले हजुरलाई एउटा ठुलो घर

गरे हजुरलाई धेरै माया

थियौँ हामी सबैजना खुसी

तर त्यो पापी रोगले गर्‍यो हजुरलाई आक्रमण

हजुरको शान्त स्वभावले त्यो रोगलाई जित्न सकेन

अनि भयो सबै सत्यानाश

मामाघर नै सुनसान भयो

हजुर नभएर

म आउँथे उज्यालो मुख लगाएर मामाघर

तर त्यही उज्यालो मुख अहिले अँध्यारो भयो

आउनु है हजुरआमा स्वर्गबाट

हँसिलो मुख लगाएर

0 reads

Published on 9/19/2025

Image

Saphal Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Saphal Pokharel

Grade 7

Roll No: 31052

29

More Articles from

Student

Underline