underline

नेपाली संस्कृति

Underline

Share:

नेपाली संस्कृति विश्वकै विविध र समृद्ध संस्कृतिहरूमध्ये एक हो । यहाँ विभिन्न जातजाति,भाषा, धर्म र परम्पराहरूले आफ्नै विशेषता बोकेका छन् । हरेक चाडपर्व र परम्पराले नेपाली समाजलाई एकअर्कामा जोड्ने काम गर्छन् । दसैँ, तिहार, ल्होसार, छठ जस्ता चाडहरू केवल रमाइलो मात्र नभई समाजमा सद्भाव, भाइचारा र सम्मान बढाउने अवसर हुन् । यी चाडपर्वहरूले सामाजिक मेलमिलाप रआपसी समझदारीलाई अझ बलियो बनाउँछन् । संस्कृतिले व्यक्तिको पहिचान मात्रै होइन, मुलुकको गौरवसमेत निर्धारण गर्छ । नेपाली कला, संगीत,नाचगान, र परम्परागत पोसाकहरूले देशको मौलिकता झल्काउँछन् । परम्परागत संस्कृति र मूल्यहरू पुस्ता पुस्ता हस्तान्तरण हुँदै आएको छ । यी संस्कारहरूले नै समाजलाई मर्यादित र शालीन बनाइराखेको छ । हरेक जातिको आफ्नै रीतिरिवाज, भाषा र संस्कृतिले नेपाललाई विविधतामा एकता भएको देश बनाएको छ । परम्परागत गीत, कथा, लोककला र संस्कारहरू हाम्रा मौलिक सम्पदा हुन् ।मठमन्दिर, जात्रा, पूजा र धार्मिक स्थलहरूले पनि नेपाली संस्कृतिलाई विशिष्टता दिएका छन् । यिनै कारणले नेपाल सांस्कृतिक दृष्टिले धनी राष्ट्रको रूपमा चिनिन्छ । आजको आधुनिक समयमा नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन गर्नु जरुरी छ । नयाँ पुस्तालाई आफ्ना चाडपर्व र संस्कारबारे जानकारी दिनु र त्यसमा सहभागी गराउनु आवश्यक छ। हाम्रो संस्कृति नै हाम्रो इतिहास र अस्तित्व हो ।

0 reads

Published on 6/26/2025

Image

Saphal Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Saphal Pokharel

Grade 7

Roll No: 31052

29

More Articles from

Student

Underline