underline

प्रकृतिगान

Underline

Share:

बग्नुपर्छ नदी जस्तै आफ्नै मार्गतिर

आफू ज्ञानी बन्नुपर्छ सूर्यजस्तै थीर

फूलजस्तै बास्ना छर्नु सधैँ मगमग

चारैतिर हरियाली छ है ढकमक

हावा चल्छ मनै हाम्रो रमाउँछ यही

पन्छी मीठा स्वरले सधैँ गाउँछन् त्यही

हिमाल अग्ला शिर कहिल्यै नझुकोस् है

नदी बग्छ शान्त भई किनार चुम्छ त्यही

धरतीको मायाले सबैको भलो गर्छ

प्रकृति बचाऔं, यो जीवन सधैँ भर्छ

प्रकृतिको सधैँ हामी गरौँला सम्मान

सुरक्षा गरौँ, सधैँ गरौँला योगदान।

2 reads

Published on 5/19/2026

Image

Saphal Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Saphal Pokharel

Grade 8

Roll No: 31052

29

More Articles from

Student

Underline