underline

मलाई मनपर्ने चाड

Underline

Share:

नेपालमा धेरै चाडपर्वहरू मनाइन्छन् । तीमध्ये मलाई मनपर्ने चाड दसैँ हाे । दसैँ असाेज वा कार्तिक महिनामा मनाइन्छ । दसैँ हिन्दु धर्मावलम्बीहरूकाे प्रमुख चाड हाे । दसैँमा ठुलाले सानालाई टिका लाइदिएर आशीर्वाद दिने गरिन्छ । दसैँमा मानिसहरू मिठा मिठा खाना खाने, नयाँ नयाँ लुगाहरू लगाउने र पिङ पनि खेल्ने गर्छन् । हामी टाढा टाढा भएका आफन्तकहाँ गएर टिका थापी आशीर्वाद लिन्छाैँ । दसैँमा मानिसहरू कुखुरा, खसी काटेर जनावरकाे मासु खाने गर्छन् । दसैँमा ठुलाले सानालाई माला लाइदिएर आशीर्वादसँगै पैसा पनि लिने गर्छन् । आशीर्वादका साथै पैसा पाउनमा बालबालिकाहरू अत्यन्त उत्साहित हुन्छन् ।

0 reads

Published on 9/24/2024

Image

Saphal Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Saphal Pokharel

Grade 6

Roll No: 31052

29

More Articles from

Student

Underline