बाेल्ने रुख
एकादेशमा एउटा आँपकाे बगैँचा थियाे । आँप पाक्ने समय भएकाे हुनाले हाेला सबै आँपका रुखमा आँप लटरम्म पाकेका थिए । त्याे आँपकाे बगैँचा एउटा विद्यालयकाे नजिकै थियाे । विद्यालय छुट्टी भएपछि विद्यार्थी आँपघारीमा पसे । रुख चढ्न गाह्राे थियाे । रुख चढ्न नसकेपछि एउटा विद्यार्थीले भुइँबाट एउटा दाउराे टिपेर आए आँप गए झटाराे भन्दै रुखमा हान्याे । लठ्ठीले लागेर रुखकाे हाँगा भाँचियाे । अचानक रुखबाट राेएकाे आवाज आयाे । रुख बाेलेकाे सुनेर विद्यार्थीहरू छक्क परे । एकछिन त डराए पनि । विद्यार्थीले रुखसँग माफी मागे । विद्यार्थीले रुखसँग माफी मागेपछि आँपकाे रुख विद्यार्थीहरूदेखि खुसी भयाे। रुखले पाकेका आँप आफै भुइँमा झारिदियाे । विद्यार्थीहरू अत्यन्तै खुसी भए । सबैले आँप बाँडे र खुसी हुँदै खाए ।
0 reads
Published on 1/30/2024
Saphal Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Saphal Pokharel
Grade 5
Roll No: 31052
29
More Articles from
Student