हलेसी यात्रा
म मेराे परिवारसँग हलेसी दर्शन गर्न गएकी थिएँ । जाने दिन हामी सबैले उठेर पूर्वको पशुपतिनाथ हलेसी महादेव दर्शनको यात्राको लागि तयारी गर्न थाल्यौँ । बिहानकाे ७ः३० बजे उठेर केही खानेकुराहरू लिएर म लगायत मेरा बाबा, ममी, दादा, दिदी काका, गुरु गुरुआमा र चालक समेत गरेर हामी ९ जना काठमाडौँबाट हलेसी प्रस्थान गर्याैँ । हलेसी महादेव प्रदेश नम्बर १ काे सगरमाथा अञ्चल अन्तर्गतको खोटाङ जिल्लामा अवस्थित छ । हामी करिब सातवटा जिल्ला काठमाडौँ, भक्तपुर, काभ्रे, रामेछाप, सिन्धुली, उदयपुर र ओखलढुङ्गा पार गर्दै करिब ५ः३० बजे हलेसी पुग्यौँ । बेलुकी होटल हलेसी भिलेजमा बास बसेर भोलिपल्ट बिहान सबेरै उठेर महादेवको दर्शन गरेर, रुद्री पाठ गरी हवन तथा लाख बत्ती बालेर बेलुकी त्यहीँ बास बस्यौँ । भोलिपल्ट बिहान १० बजे खाना खाएर हामी त्यहाँबाट हिँड्यौ । बेलुकी सात बजे काठमाडौँ आइपुग्यौँ । यसरी मेरो हलेसी यात्रा धेरै रमाइलो भयो ।
0 reads
Published on 2/17/2022
Prisha Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prisha Poudel
Grade 1
Roll No: 33039
17
More Articles from
Student