दसैँ
दसैँ नेपालीहरूकाे महान चाड हो । दसैँ पन्ध्र दिनसम्म मनाइन्छ । दसैँ हिन्दुहरूकाे लागि निकै महत्त्वपूर्ण चाड हो । दसैँको पहिलो दिनमा घडा स्थापना गरी घटस्थापना भनी जमरा रखिन्छ । नौ दिनसम्म विधिपूर्वक पूजा पाठ र भक्ति गरी शक्तिस्वरूपा भगवतीको उपासना गरिन्छ । दसाैँ दिन दशमी पर्छ । यस दिन भगवतीको पूजा पाठ र विसर्जन गरेपछि टीका र जमरा लगाइन्छ । प्रसाद स्वरुप मान्यजनबाट टीका जमरा ग्रहण गरिन्छ र आशीर्वाद समेत लिने चलन छ । काेजाग्रत पूर्णिमासम्म दसैँ मनाइन्छ । दसैँको अवसरमा नयाँ तथा सफा र शुद्ध कपडा लगाउने, मासुका विभिन्न परिकार बनाएर खाने चलन पनि रहेको छ ।
0 reads
Published on 11/25/2022
Prisha Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prisha Poudel
Grade 2
Roll No: 33039
17
More Articles from
Student