सञ्चारका साधन
सञ्चारका साधन
हामी समाजमा बस्छौँ। समाजमा एक–अर्कासँग कुरा गर्न, समाचार दिन र जानकारी लिन आवश्यक हुन्छ। यसका लागि प्रयोग गरिने माध्यमलाई सञ्चारका साधन भनिन्छ। मोबाइल, टेलिभिजन, रेडियो, पत्रपत्रिका र इन्टरनेट सञ्चारका मुख्य साधन हुन्।
सञ्चारका साधनका धेरै फाइदाहरू छन्। यसले हामीलाई देश–विदेशका समाचार छिट्टै थाहा पाउन मद्दत गर्छ। विद्यार्थीहरूले इन्टरनेटबाट नयाँ कुरा सिक्न सक्छन्। आपत्कालीन अवस्थामा पनि सञ्चारका साधन धेरै उपयोगी हुन्छन्।
तर सञ्चारका साधनको गलत प्रयोग राम्रो हुँदैन। धेरै समय मोबाइल चलाउँदा पढाइमा असर पर्न सक्छ। लामो समय स्क्रिन हेर्दा स्वास्थ्यमा पनि समस्या आउन सक्छ। कहिलेकाहीँ गलत समाचार पनि फैलिन सक्छ।
अन्त्यमा, सञ्चारका साधन हाम्रो जीवनका महत्वपूर्ण भाग हुन्। यसको सही प्रयोग गरेमा धेरै फाइदा हुन्छ। त्यसैले हामीले सञ्चारका साधनको सदुपयोग गरी समाज र देशको विकासमा योगदान दिनुपर्छ।
3 reads
Published on 6/19/2026
Prisha Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prisha Poudel
Grade 6
Roll No: 33039
17
More Articles from
Student