तिहार
दसैँ पछिकाे नेपालीहरूको दोस्रो ठुलो चाड तिहार हो । तिहारलाई यमपञ्चक पनि भनिन्छ l तिहारलाई हामी विशेष चाडको रुपमा मनाउँछाैँ । तिहारकाे पहिलो दिन कागपूजा गरिन्छ । दोस्रो दिन कुकुरपूजा गरिन्छ । कुकुरलाई यमराज धर्मराजका दूत पनि मानिन्छ । तेस्रो दिन घरघरमा लक्ष्मीपूजा र दीपावली गरी मनाइन्छ । चौथो दिन गोरु र गोवर्द्धन पर्वतको पूजा गरिन्छ । यसरी नै पाँचौँ दिनमा घर घरमा भाइटीका लगाइन्छ । यस दिन यमुनाले यमराजकाे घरमा गएर टीका लगाएको दिनको सम्झना गरी भाइटीका मनाइन्छ र टीका लगाइन्छ ।
0 reads
Published on 2/7/2023
Prisha Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prisha Poudel
Grade 2
Roll No: 33039
17
More Articles from
Student