underline

आँप

Underline

Share:

आँप नेपालको रैथाने फल हो । आँपको उत्पादन नेपालको तराईमा सबैभन्दा बढी हुन्छ । ८० प्रतिशत उत्पादन तराईबाटै हुन्छ । आँपका ठुलाठुला बगैँचा तराईमा छन् । बागवानीबाट विभिन्न जातका बिरुवा प्राप्त गर्न सकिन्छ र यसको व्यवसायिक उत्पादन गर्न सकिन्छ । आँपको सबैभन्दा भित्री भाग लाई कोया भनिन्छ । कोयाबाट बिरुवा बन्छ । काेयाभन्दा बाहिरको भागलाई गुदी भनिन्छ । गुदीभन्दा बाहिरको भागलाई बोक्रा भनिन्छ । आँपका बोटहरू विभिन्न आकार प्रकार र जातका हुन्छन् । आँपकाे उत्पादन नेपालमा असार श्रावण र भाद्र महिनामा विशेष गरेर बढी मात्रामा हुने गर्दछ । नेपालमा आँपलाई फलको राजा भन्ने चलन छ । मेरो पनि सबैभन्दा मन पर्ने फल आँप हाे ।

0 reads

Published on 8/19/2023

Image

Prisha Poudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prisha Poudel

Grade 3

Roll No: 33039

17

More Articles from

Student

Underline