underline

प्राकृतिक ऐतिहासिक सङ्ग्रहालय

Underline

Share:

म र मेरा साथीहरूसहित गुरु गुरुआमासँग प्राकृतिक ऐतिहासिक सङ्ग्रहालय छाउनी स्वयम्भू गएका थियौँ । त्यहाँ हामीले जानुभन्दा अगाडि स्कुलमा दुईवटा विषय पढ्यौँ । त्यसपछि हामीले खाना खायौँ र गाडीमा चढी दरबारमार्ग हुँदै गयौँ । हामी छाउनी पुगेपछि शिक्षकले ढोकामा गएर टिकट काट्नुभयो। हामी सङ्ग्रहालयभित्र लाइन लगाएर पुग्यौँ । सङ्ग्रहालयमा रासायनिक प्रयोग गरेर विभिन्न जनावरहरू जस्ताको तस्तै देखिने गरी संरक्षण गरिएको थियो । जनावरहरूको अङ्गहरू जस्तै छाला, टाउको, खुट्टा, हड्डी आदि नजिकबाट देख्न पाइयो । जनावरहरूमा बाघको टाउको, पानीहाँस, हाँस आदि पनि देख्न पाइयो। हामी धेरै बेर सङ्ग्रहालयमा घुमेपछि स्कुल पुग्यौँ । स्कुलमा पुगेर खाजा खाई कक्षा सकिएपछि घर फर्कियौँ । त्यस दिन हाम्रो सङ्ग्रहालयको भ्रमण निकै रमाइलो भयो।

1 reads

Published on 2/3/2026

Image

Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Abhinya Ghimire

Grade 4

Roll No: 34042

6

More Articles from

Student

Underline