underline

चाँगुनारायण मन्दिर

Underline

Share:

म चाँगुनारायण मन्दिर मेरी साथी सुरुचि र उनको परिवारसँग गएकी थिएँ । चाँगुनारायण मन्दिर नेपालको धेरै पुरानो मन्दिर हो । सुरुमा म भित्र जाने बेला वरिपरि धेरै मन्दिरहरू, पसलमा टिसर्ट, ब्रासलेट, क्लिप आदि राम्रा सामानहरू देखेँ । त्यसपछि हामी म्युजियमभित्र गयौँ । त्यहाँ धेरै पुराना सामानहरू थिए । २५० वर्ष पुरानाे मानदेवको समयको पैसा, लिच्छवी कालमा सामानहरू, पुराना हात हतियारहरू, खुकुरी, भाला, तरबार, त्रिशूल आदि सामानहरू देख्यौँ । नेवारी पूजाकोठा र भान्साकोठा पनि देख्यौँ । मानदेवको पालामा बनेको चाँगुनारायण मन्दिरमा टीका लगायौँ । र फोटो खिच्यौँ । मन्दिरहरू दर्शन गर्दै गयौँ । मन्दिरमा भएको नारायणको मूर्ति धेरै राम्रो लाग्यो । पुजारीले हामीलाई टीका लगाइदिनुभयो । मन्दिरको पश्चिमपट्टि राजा मानदेवको मूर्ति थियो । हामीले मन्दिरमा फोटो खिच्यौँ । मन्दिरबाहिर निस्किएर घरबाट ल्याएका मिठा खाने कुरा खाएर रमाइलो गर्यौँ । त्यसपछि हामी सबैजना घर फर्कियौँ । यो यात्रा धेरै रमाइलो भयो ।

3 reads

Published on 9/3/2026

Image

Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Abhinya Ghimire

Grade 5

Roll No: 34042

13

More Articles from

Student

Underline