नेपालका नदीहरू
नेपालका नदीहरू
नेपालमा साना ठुला गरी २०० भन्दा बढी नदीनालाहरू छन्। नेपालका मुख्य नदीहरू हिमालबाट सुरु भएर उत्तरबाट दक्षिणतर्फ बग्दै नेपालको पहाडबाट तराई हुँदै भारतको गङ्गा नदी प्रणालीमा गएर मिसिन्छन् । नेपालका नदीलाई साधारणतया ३ भागमा विभाजन गर्न सकिन्छ। कोसी नदी, गण्डकी नदी , कर्णाली नदी गरी नेपालका तीन ठुला नदीहरू छन् । कोसी नदी अन्तर्गत इन्द्रावती, लिखु, सुनकोसी, तामाकोसी, दुधकोसी, अरुण र तमोर गरी सातवटा ठुला नदी पर्दछन् । यो नदी नेपालको सबैभन्दा ठुलो नदी हो । यो नदी नेपालको पूर्वी भाग भएर बग्दछ । गण्डकी नदी अन्तर्गत कालीगण्डकी, सेतीगण्डकी, बुढीगण्डकी, त्रिशूली, मादी, मर्स्याङ्दी, दरौदी गरी सातवटा नदी पर्दछन्। यो नदी नेपालको मध्य भाग भएर बग्दछ । यसलाई तराईमा पुगेपछि नारायणी नदी पनि भनिन्छ ।
कर्णाली नदी अन्तर्गत हुम्ला कर्णाली, मुगु कर्णाली, भेरी र सेती नदी आदि पर्दछन्। यो नदी नेपालको सबैभन्दा लामो नदी हो। यो नदी नेपालको पश्चिमी भाग भएर बग्दछ ।
हाम्रो वरपरको सेरोफेरो वा वातावरणलाई पर्यावरण भनिन्छ। मानिसका विभिन्न किसिमका गतिविधिले गर्दा पर्यावरण प्रदूषित भइरहेको छ। वातावरणमा वायुप्रदूषण, माटोप्रदूषण, जलप्रदूषण, ध्वनिप्रदूषण आदि मुख्य हुन्। वायुप्रदूषणले हाम्रो शरीरलाई नराम्रो असर गर्दछ। हामीले फेर्ने श्वासले हाम्रो भित्री फोक्सोलाई हानि गर्दछ। माटोप्रदूषणले उब्जनीलाई कमी गर्दछ। जलप्रदूषणले पानीका स्रोतलाई र पानीमा बस्ने जनावरलाई असर गर्दछ। ध्वनिप्रदूषणले मानिसको कान वा दिमागलाई असर गर्छ। यस्ता विभिन्न क्रियाकलापले पर्यावरण प्रदूषण हुन्छ। हामीले हाम्रो वातावरणलाई प्रदूषण हुनबाट समयमै रोक्नुपर्छ। हामीले हाम्रो वातावरण राम्रो राख्न सक्याैँ भने हाम्रो जीवन पनि सुन्दर र स्वस्थ बन्छ।
0 reads
Published on 6/12/2026
Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Abhinya Ghimire
Grade 5
Roll No: 34042
8
More Articles from
Student