संविधान र बालबालिकाका अधिकार
नेपालको संविधानले बालबालिकाका अधिकारलाई विशेष जोड दिएको छ । जसमा प्रत्येक बालबालिकालाई शिक्षाको अधिकार, स्वास्थ्यको पहुँच, उचित पालनपोषण र सुरक्षाको व्यवस्था गरिएको छ । बालबालिकालाई काममा लगाउनु हुँदैन भनिएको छ र यस सम्बन्धमा कानुनी कारबाहीको व्यवस्था छ । बालबालिकालाई कुनै पनि प्रकारको हिंसा र शोषणबाट जोगाउन कानुनी व्यवस्था गरिएको छ । अनाथ वा असहाय बालबालिकाको लागि राज्यले विशेष संरक्षण र व्यवस्था गरेको छ । बालबालिकाको जन्मेदेखि नै नाम र नागरिकताको अधिकार सुरक्षित गरिएको छ । बालविवाहलाई कानुन बमोजिम अवैध ठहर गरिएको छ । बालबालिकाको स्वास्थ्य, मानसिक, शारीरिक र सामाजिक विकासको लागि उपयुक्त वातावरणको ग्यारेन्टी गरिएको छ । संविधानले बालबालिकालाई भेदभाव नगरिकन समाजमा बस्ने अधिकार दिएको छ ।
0 reads
Published on 11/27/2025
Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Abhinya Ghimire
Grade 4
Roll No: 34042
6