पुस्तक समीक्षाः ओडारको बत्ती
पुस्तक समीक्षाः ओडारको बत्ती
कथा परिचयः ओडारको बत्ती चित्रकथा हो । यस कथाको लेखक कविता बोहराज्यू हुनुहुन्छ। यस कथाका चित्रकार रवि बस्नेत ज्यू हुनुहुन्छ । यस कथाभित्र १५ वटा पृष्ठ सङ्ख्याहरू छन् । यस कथा खोजी प्रकाशनले प्रकाशनमा ल्याएको हो ।
पात्रहरूः यस कथामा नौ जना पात्रहरू छन् । करुणा, बुबा, आमा, हजुरआमा, दिदी, माइजू, मामा, अन्जली र भिखम हुन् । यस कथाको मुख्य पात्र करुणा हुन् ।
कथावस्तुः यस कथामा एउटी करुणा हुन्छिन्। उनले साँझमा जहिले पारीतिर बत्ती बलेको देख्थिन्। तर खाना खाएपछि उनले फेरि हेर्दा बत्ती निभेको हुन्छ। उनले त्यो बत्तीको धेरै जिज्ञासा गर्छिन् । त्यो के होला ? कसले बालेको होला ? यस बारेमा उनले आमाबुबालाई सोधिन् तर आमाबुबाले उनलाई कराउनु पो भयो । त्यसपछि उनी पल्लाघरको मामालाई गएर सोधिन् तर कसैले उत्तर दिएनन् । भोलिपल्ट उनी फेरि मामाघरमा दिदीसँग खेल्न गइन्। दिदीलाई त्यहाँ डाँडातिर जान मन लागेको थियो तर करुणा डराइन् । दिदीले साथीहरू बटुलेर जाने भन्ने कुरा गर्नुभयो । त्यसपछि सबैजना साथीहरू मिलेर त्यहाँ गए । एकछिनपछि उनीहरू डाँडामा पुगे । डाँडामा गुफा र बुढी मान्छे देखे । उनीहरू बुढी आइमाईतिर गए । त्यहाँ हजुरआमाले करुणालाई नातिनी भनेर बोलाउनुभयो । करुणा छक्क परिन् । करुणाकी दिदीले भन्नुभयो “उहाँ तिम्रो हजुरआमा हो” करुणा फेरि छक्क परेर रुन थालिन् । त्यसपछि हजुरआमाले सबैलाई मकैको रोटी खान दिनुभयो । त्यसपछि हजुरआमालाई करुणाको घरमा मिलेर लगे । करुणाको आमाबुबाले नचिने झैँ गरी नाटक गर्नुभयो । सबैजना कराउन थाले। त्यसपछि सबैजना अँगालो बाँधेर खुसी भए ।
निष्कर्षः यस कथाबाट हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ, सम्मान गर्नुपर्छ। हजुरबा हजुरआमाको साथ बालबालिकालाई प्यारो हुन्छ भन्ने कुराको शिक्षा पाउँछाैँ ।
2 reads
Published on 7/30/2026
Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Abhinya Ghimire
Grade 5
Roll No: 34042
10
More Articles from
Student