मेरो प्यारो गाउँ
मेरो प्यारो गाउँ
सुन्दर सफा ठाउँ
खाने कुरा धेरै मिठो
ठाउँ छैन धेरै चिसो ।
गाईभैँसी पालेको छ
कुकुर पनि घुमेको छ
बाख्रा उफ्रिन्छ बुरुक बुरुक
गाई हिंड्छ लुरूकलुरूक ।
हजुरबुबा हजुरआमा
धेरै माया गर्ने
दाजुभाइ दिदीबहिनी
धेरै कुरा पढ्ने ।
विद्यालय छ सानो
ज्ञान बुद्धि ठुलाे
आउनुभयो गुरु
पढ्न गरौं सुरु ।
0 reads
Published on 11/25/2025
Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Abhinya Ghimire
Grade 4
Roll No: 34042
6