underline

गणतन्त्र दिवस

Underline

Share:

गणतन्त्र दिवस

नेपालमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । यो दिन नेपालमा गणतन्त्रको स्थापना भएको थियो । त्यतिखेरका राजा ज्ञानेन्द्र शाहको एकलौटी शासनकाे विराेधमा सबैजना जनताहरू मिलेर २०६२-६३ मा ठुलो जनआन्दोलन भयाे । आन्दाेलनकाे १९ दिनपछि राजाले आफ्नो शासन र राज दरबारसमेत छोडे । त्यसपछि हाम्रो देशमा गणतन्त्र आएको थियो । २०६२-६३ सालको जनताको आन्दोलनपछि बनेको संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गतेको दिन नेपालमा गणतन्त्र स्थापना भयाे भनेर घोषणा गरेको थियो ।

नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले जनताको हित नहुने काम गरेकाले उनलाई शासनबाट हटाएर गणतन्त्र आएको हुनाले यो दिनको महत्त्व धेरै छ । गणतन्त्र दिवसको दिन नेपालमा धेरै कार्यक्रमहरू गरिन्छ । यो दिन नेपालमा सार्वजानिक विदा हुन्छ । सरकारी सङ्घसंस्था, विद्यालय, निजी संस्थाहरूमा यो दिन सांस्कृतिक कार्यक्रम, परेड, खेलकुद र दीपावली जस्ता कार्यक्रमहरू आयोजना गरिन्छ ।

लोकतन्त्रलाई राम्रो बनाएर सबै नेपाली दिदीबहिनी र दाजुभाइलाई सुखी र खुसी बनाउँदा मात्र गणतन्त्र दिवसको सार्थकता हुन्छ । जनताद्वारा जनताको लागि जनताले गर्ने शासनलाई लोकतन्त्र भनिन्छ । गणतन्त्र दिवसको सबैजनालाई शुभकामना !

0 reads

Published on 7/14/2026

Image

Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Abhinya Ghimire

Grade 5

Roll No: 34042

9

More Articles from

Student

Underline