स्वास्थ्य
शारीरिक र मानसिक रूपमा स्वस्थ हुनु भनेकै स्वास्थ्य हो । स्वास्थ्य भनेको शारीरिक रूपमा राम्रो हुनु मात्र नभएर मानसिक तथा सामाजिक रूपमा समेत स्वस्थ हुनु हो। मानसिक स्वास्थ्यले मानिसको सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने तरिकामा प्रभाव पर्दछ । मानसिक रूपमा स्वस्थ व्यक्तिले तनाव कम गर्न सक्छ र सकारात्मक जीवनशैली अपनाउन सक्छ। आफ्नो स्वास्थ्य राम्रो राख्न हामीले नियमित व्यायाम, स्वस्थ खानपान र सकारात्मक सोच राख्नुपर्छ। हामी सबैजनाले स्वास्थ्यप्रति संवेदनशील हुनुपर्छ । साबुन पानीले हात धुँदा हातमा भएका किटाणुहरू हट्छन् । हामी स्वस्थ हुन व्यायाम नियमित रूपमा गर्नुका साथै बिहान र बेलुका दाँत माझ्नुपर्छ । दैनिक रूपमा प्रशस्त पानी पिउनुपर्छ। हामी स्वस्थ र सफा वातावरणमा बस्नुपर्छ। हामीले ताजा र सफा घरको खाना खाएमा हामी फुर्तिलो निरोगी र बलियो हुन्छौँ ।
0 reads
Published on 12/19/2025
Abhinya Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Abhinya Ghimire
Grade 4
Roll No: 34042
6