गठेमङ्गल
साउनकाे कृष्ण त्रयाेदशीका दिन गठेमङ्गलकाे जात्रा काठमाडाैँ उपत्यकामा विशेष गरी नेवारी समुदायले मनाउँछन् । भूतप्रेत नलागाेस भनेर याे दिन फलामे औँठी लगाइन्छ । घन्टाकर्ण भन्ने राक्षसले दुःख नदियाेस भनेर पनि औँठी लगाइन्छ । मानिसहरू मिठाेमिठाे खानेकुरा बनाउँछन् र भाेज गर्छन् । बच्चाहरू घन्टाकर्णकाे मूर्ति परालबाट बनाएर त्यसकाे कानमा घन्ट झुन्ड्याइदिन्छन् । यसाे गर्दा त्यसले आफूलाइ दुःख नदिने जनविश्वस छ ।
0 reads
Published on 9/15/2021
Shreeda Risal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreeda Risal
Grade 5
Roll No: 29031
20
More Articles from
Student