बुबा
धर्तीमा जन्म दिई संसार देखाउनुभयो
बोल्न सिकाउनुभयो र हिँड्न सिकाउनुभयो ।
राम्रो र नराम्रो छुट्याउन र सत्य मार्ग देखाउनुभयो
माया र हेरचाह दिनुभयो र तपाईं मेरो लागि प्रेरणा हुनुभयाे।
तिमी बिरुवा हौ र म बिरुवाको एक भाग हुँ
तपाईं शिक्षक हुनुहुन्छ र म तपाइँकी चेली हुँ ।
भोकै बसेर तपाईंले मलाई खुवाउनुभयो
पीडा छ धेरै तर मबाट लुकाउनुभयाे ।
तपाइँले मलाई सधैँ माया गर्नुभएको छ
जति अरू कसैले गरेको छैन ।
तपाइँले मेरो ख्याल राख्नुभएको छ
जति अरू कसैले गरेको छैन ।
तपाइँले मेरो आँखाबाट आँसु आउन दिनुभएन
तपाईंले मलाई सबै कुराबाट जोगाउनुभयो ।
तपाइँले कहिल्यै आफ्नो ख्याल गर्नुभएन
तपाईं स्वार्थी हुनुहुन्न जसले आफ्नो बारेमा मात्र सोच्दछ ।
0 reads
Published on 9/24/2024
Shreeda Risal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreeda Risal
Grade 8
Roll No: 29031
20
More Articles from
Student