underline

आमा

Underline

Share:

धर्तीमा जन्म दिई  संसार देखायाै

बोल्न सिकायाै र हिँड्न सिकायाै

राम्रो र नराम्रो सिकाएर सत्य देखायाै

माया र हेरचाह दिने तिमी मेरो प्रेरणा भयाै

तिमी बिरुवा हौ , म बिरुवाको एक भाग हुँ

तिमी शिक्षक हौ   म तिम्री  चेली  हुँ

भोकै बसेर तिमीले मलाई खुवायाै

पीडा छ तर मलाई देखाइनाै लुकायाै

तिमीले मलाई सधैँ माया गरेकी छौ

जति अरू कसैले गरेको छैन

तिमीले मेरो ख्याल राखेकी छौ

जति अरू कसैले राखेको छैन

तिमीले मेरो आँखाबाट आँसु आउन दिइनौ

तिमीले मलाई सबै कुराबाट जोगायाै

तिमीले कहिल्यै आफ्नो ख्याल गरिनौ

सन्तानकाे खुसीमा आफ्नाे खुसी देख्याै ।

0 reads

Published on 5/16/2024

Image

Shreeda Risal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shreeda Risal

Grade 8

Roll No: 29031

20

More Articles from

Student

Underline