प्रकृति र पाेखरा
बिहान यहाँ माछापुच्छ्रे त्याे हिमाल हाँस्दछसराङ्काेट डाँडा गहना लगाई सङ्गीतमा नाँच्दछफेवातालको काखमा प्याराे हिमाल हाँस्दछनेपालको चित्रमा यस्ले सुन्दर रङ भर्दछ ।सन्ध्याकालमा शान्तिस्तुप डाँडामा हाँस्दछरमणीय ठाउँ लोभ लाग्दो सहर निरन्तर बाँच्दछविन्दवासिनी देवता ढाेगी आशीर्वाद लिने छन्पर्यटक आई रमाइलो मानी साैन्दर्य पिउँदछन् ।सुन्दर सहर वर्णन गरी म धेरै थाकेँ हैसुन्दर दृश्य मनकाे एउटा कुनामा राखेँ हैबिहान उठी फेवाताल देख्दा मन नै रमाइलोसराङ्काेटकाे सूर्याेदय त हुन्छ झन् घमाइलो ।फरक भेष फरक जाति मिलेर बसेकादेवीकाे रूपमा झरना र तालले मित्रता गाँसेकारारा,बेगनास रूपा र फेवा क्या राम्रो देखेकोमुहार झैँ झल्मल अन्नपूर्णले पाइला टेकेकाे ।रमणीय सुन्दर मुहारबाट हटाउँ बादलप्रकृतिकाे विचित्रताकाे रसिलाे आँचलफेवातालको काखमा हिमाल हाँसेर बस्दछनेपालको चित्र विचित्रतामा सुन्दर रस छ ।
0 reads
Published on 3/23/2024
Shreeda Risal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreeda Risal
Grade 7
Roll No: 29031
20
More Articles from
Student