सधैँ खुसी रहने मान्छे: मेरो हजुरबुबा
सधैँ खुसी रहने मान्छे: मेरो हजुरबुबा
तपाईं बिहानको उज्यालो,
हरेक रातमा चम्किरहने तारा
तपाईंको सल्लाह नरम तर, बलियो
तपाईंका कथाहरू नदीहरू जस्तै बग्छन्
साहस र प्रेमले भरिएका।
हरेक हाँसो र हरेक दु:ख,
तपाईंले हाम्रो राख्नुहुन्छ कति ख्याल
सम्झाउनुहुन्छ हामीलाई
हरेक समयमा, नजिक वा टाढा
हुनुहुन्छ तपाईं हाम्रो मार्गदर्शक ।
तपाईंको नरम हृदय, प्रयास
अझै पनि हरेक क्षण उज्यालो हुन्छ।
वर्षहरू बित्न सक्छन्, संसार परिवर्तन हुन सक्छ,
तर तपाईंको प्रेम कहिल्यै हराउने छैन
म गर्वका साथ बताउने छु,
किनकि तपाईं हरेक दिन मेरो शक्ति हुनुहुन्छ ।
गर्नुभयाे तपाईंले मेरो लागि धेरै
अब, तपाईंलाई खुशी पार्ने समय आएको छ
म तपाईंलाई जति तिर्नुपर्ने हो
त्यति त तिर्न सक्दिन होला
तर, मेरो एउटै चाहना तपाईंलाई खुसी देख्नु हो
घर शान्त हुनुको कारण तपाईं हुनुहुन्छ
हामी सधैँ प्रेरित हुनुको कारण
तपाईं नै हुनुहुन्छ।
2 reads
Published on 7/27/2026
Shreeda Risal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreeda Risal
Grade 10
Roll No: 29031
20
More Articles from
Student