डियरवाक अटाे सर्भिस भ्रमणकाे अनुभव
हामी बिहिबार तय गरेकाे भ्रमणका लागि डियरवाक अटाे सर्भिस सेन्टर गएका थियाैँ। हामीले त्यता गाढीलाई कसरि ठिक बनाउने भन्ने जानकारी पायाैँ । त्यहाँ हामीले धेरै कुरा देख्न पाएकामा धेरै खुशी भयाैँ। हामी पहिला एउटा ठाउँ गयाैँ, जहाँ हामीले गाडीहरूलाई ठिक पार्ने तरिका देख्याैँ । त्यसपछि हामी एउटा ठाउँ हेर्न गएका थियाैँ, जहाँ वहाँहरूले गाडीलाई स्प्रे वाला रङ्गले पेन्ट गर्दै थिए । त्यसपछि नजिकै एउटा कम्प्युटर राखेकाे देख्याैँ । कम्प्युटरका माध्यमद्वारा गाडीको पाङ्ग्राहरूलाई ठिक पार्ने अचम्मकाे प्रविधि देखेर मज्जा आयाे । हामीले सबैभन्दा अन्तिममा गाडी धुने ठाउँ देखेपछि हाम्राे सबै भ्रमण सकियाे अनि पुनः विद्यालय फर्कियाैँ।
0 reads
Published on 7/13/2022
Snigdha Chaudhary is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Snigdha Chaudhary
Grade 5
Roll No: 30047
27
More Articles from
Student