प्रदूषण
हामीले श्वास लिने हावा हानिकारक पदार्थको मिश्रणले प्रदुषित छ। प्राकृतिक रुपमा हुने भन्दा ज्यादा हाम्रो धर्ती,जल र वायुमण्डल मानव सिर्जित प्रदूषणले ज्यादा खराव भएको छ। मानवले आफ्नो जीवन यापनको गुणस्तरमा तीव्र विकास त गर्यो तर यसो गरिरहँदा वातारणमा भने नकारात्मक प्रभाव पारेको छ। जसको असर प्राकृतिक प्रणालीमा देखिएको छ। जीवहरूको स्वास्थ्यमा हानी पुगेको तथ्यले देखाउँछ।
संयुक्त राष्ट्र सङ्घकाअनुसार हरेक दश मध्ये नौ जनाले प्रदुषित हावामा सास फेर्ने गर्छन् र नेपालमा अहिले बर्षेनी ४२ हजार एक सयको मृत्यु दुषित वातावरणका कारण हुने गरेको ग्लोबल एयरको प्रतिवेदनमा उल्लेख छ।
हिउँदका महिनादेखि प्रि-मनसुन नहुँदासम्म नेपालको वायु प्रदूषणको स्तर अत्यन्तै खराव हुन्छ। वातावरण विभागकाअनुसार वायु प्रदूषणको मुख्य श्रोत अर्थात् आधाभन्दा बढी हिस्सा सवारी साधनबाट उत्पन्न हुने धुँवा हो भने वन जङ्गलमा लाग्ने डढेलोको पनि उलेख्य प्रभाव छ।
काठमाडौँ उपत्यकाको हावामा १० माइक्रोंनभन्दा साना धुलोका कण, सल्फर तथा नाइट्रोजन अक्साइड,
कार्वन डाइअक्साइड, कार्वन मोनोअक्साइड, हाड्रोजन, लिडका मात्रा विश्व स्वास्थ सङ्गठनले तोकेको मापदण्डभन्दा ज्यादा छ।
बायुमण्डलमा रहेका प्रदूषणका कणले ओजोन तह नाश गरेको छ र सोका कारण सूर्यबाट आउने हानिकारक विकिरण सिधै जीवहरूको सम्पर्कमा पुग्छ । जसले आँखा र छाला रोग बढाई रहेको पुल्चोक ईन्जीनियरिङ्ग क्याम्पसको वातावरण अध्ययन तथ्याङ्कले पुष्टि गर्छ।
सडक, चोक तथा गल्लीमा जहीँ तहीँ थुपारिएका फोहरले हानिकारक सूक्ष्म जीवाणु पैदा गराई रोग ब्याधि फैलाइरहेको छ। पानीका श्रोतहरूमा विषाक्त रसायन तथा फोहोर मिसाउनाले पानी प्रदूषित छ । तल्लो तहका मानिस तथा जीवहरूको प्रत्यक्ष स्वास्थ तथा जीवन प्रणालीमा नकारात्मक असर गरेको छ।
प्रदूषणकै कारण जलवायु परिवर्तन हुन पुगेको छ। अनुमानितभन्दा तीव्र पृथ्वीको तापक्रममा बृद्धि भएको छ।
पृथ्वी हाम्रो घर हो । यसको पर्यावरणलाई बचाउनु हाम्रो कर्तव्य हो। हामीले हाम्रो मात्र नभई सबैकाे जीवन प्रणालीको जीवन रक्षा हुने काम गर्नुपर्छ। भविष्यका सन्ततिका लागि पनि सुरक्षित पृथ्वी छोड्नुपर्छ। प्रदूषण कम गर्नुपर्छ अझ गर्नु नै हुँदैन।
0 reads
Published on 6/14/2024
Snigdha Chaudhary is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Snigdha Chaudhary
Grade 7
Roll No: 30047
27
More Articles from
Student