underline

नेपाल

Underline

Share:

नेपाल एउटा हिमाली देश हाे । यहाँका मानिसहरू अधिकांश रूपमा नेपाली नै बाेल्दछन् । यहा धेरै जातजातिका मानिसहरूकाे बसाेबास रहेकाे छ । कतिपय जातजातीहरूकाे आफ्नै भाषा पनि रहेका छन् । तिनीहरूका फरकफरक संस्कृति रहेका छन् । फरकफरक संस्कृति ,भाषा भेष भए तापनि यस देशका मानिसहरू एकआपसमा मिलेर बस्छाैँ । हामीहरू कसैले पनि एकअर्कालाई सम्मान गरेर बस्छाै । त्यसैले नेपाललाई थरीथरी फूलहरूकाे एउटै साझा फूलबारीका रूपमा पनि लिन सकिन्छ । यस देशकाे राष्ट्रिय चरा डाँफे हाे भने राष्ट्रिय फूल लालीगुराँस हाे । यसैगरी राष्ट्रिय जनावर गाई हाे भने राष्ट्रिय हतियार खुकुरी हाे ।नेपालका दुई विशाल छिमेकीहरू छन् । ती भारत र चीन हुन् । यिनीहरू ठुलाठुला छन् त्यसैले नेपाललाई दुई ढुङ्गाबिचकाे तरूल पनि भन्ने चलन छ । हामीहरूले आफ्नाे देशलाई धेरै माया गर्नुपर्छ ।

0 reads

Published on 12/10/2021

Image

Snigdha Chaudhary is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Snigdha Chaudhary

Grade 4

Roll No: 30047

27

More Articles from

Student

Underline