underline

गाजर

Underline

Share:

हामीलाई बाँच्नको लागि खाना चाहिन्छ । हामीले खाने खानेकुराहरू वनस्पति र जनावरबाट पाइन्छ । सागसब्जी, गेडागुडी, गाजर, भात, पिठो आदि वनस्पतिबाट पाइन्छ । गाजर वनस्पतिबाट पाइने खानेकुरा हो । यो जमिनमुनि उब्जन्छ । यो धेरैजस्तो सुन्तला रङ्गको हुन्छ । गाजरलाई हामीले पकाएर खान सक्छौँ । सलादको रूपमा काँचै खान्छौँ । यसलाई राम्रोसँग पखाल्नुपर्छ । गाजरलाई जुस, अचार र हलुवा बनाएर पनि खान मिल्छ । मलाई गाँजरको हलुवा धेरै मन पर्छ । गाँजर हाम्रो शरीरको लागि फाइदाजनक खानेकुरा मध्ये एउटा हाे । यसमा धेरै पौष्टिक तत्त्व पाइन्छ । यो भिटामिन ए ले भरिपूर्ण छ । यो खानाले हाम्रो आँखा तेजिलो हुन्छ । त्यसैले यसलाई सधैँ हाम्रो खानामा समावेश गर्नुपर्छ ।

0 reads

Published on 11/28/2025

Image

Aryav Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aryav Dangol

Grade 3

Roll No: 35003

22

More Articles from

Student

Underline