मलाई मन पर्ने जनावर
मलाई मन पर्ने जनावर कुकुर हो । कुकुर घर पालुवा जनावर हो । कुकुर चार खुट्टे जनावर हो । कुकुरको एउटा पुच्छर र एउटा टाउको हुन्छ । कुकुरका दुईवटा आँखा, दुईवटा कान हुन्छन् । कुकुरलाई मासुभात मन पर्छ । मेरो घरमा एउटा कुकुर छ । उसको नाम टफी हो । टफी र म सधैँ बल खेल्छौँ । कुकुरहरूले घरको रक्षा पनि गर्छन् । कुकुरको बच्चालाई छाउरा छाउरी भनिन्छ ।
0 reads
Published on 6/30/2025
Aryav Dangol is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aryav Dangol
Grade 3
Roll No: 35003
22
More Articles from
Student
