सूर्य र चन्द्र
चन्द्रको त्यो प्रकाशमा जुनकिरीको गीतमा
ताराहरू फैलिएका त्यही चिसो रातमा
पूर्णिमाको त्यही दृश्य थियो आज मनमा
आकाश नि जिस्किन्थ्याे त्यो जुनेली रातमा ।
त्यो बिहान शित पर्थ्यो त्यही बोटको पातमा
जाडो महिना चिसो रात केही थिएन साउनमा
एक त्यो थियो नौलो साँझ बर्खा यामको दिनमा
सुनसान र शान्त थियो त्यो बर्खेली रातोमा ।
त्यही रात पछि सूर्य उदायो नि पूर्व
त्यो बिहान चिरबिर चिरबिर चराको थियो धुन
सूर्य त प्रकृति नै हो सूर्यले नै दिन
बिहान, दिउँसो, साँझसम्म सूर्यको छ बास ।
अँध्यारोलाई हटाएर दिन उज्यालो पार्छ
रात दिनको प्रक्रिया त्यसबाट नै चल्छ
सूर्यले त दृष्टि दिन्छ सूर्य नै हो ऊर्जा
इन्द्रेणी,सात सूर्यको रङ्ग मन मोहित हुन्छ ।
सूर्य चन्द्रको पूरक सूर्य नै छ पूर्ण
शितलताको प्रतीक चन्द्र दिनमा चाहिँ कर्म
सूर्यचन्द्र दिनरात प्रकृतिकै प्रकार
यसमा नै समय छ यही नै संसार ।
0 reads
Published on 8/28/2024
Barun Kadariya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Barun Kadariya
Grade 8
Roll No: 29053
24
More Articles from
Student
