मेरा रहरहरू
म कक्षा ६ मा अध्ययनरत एक विद्यार्थी हुँ । म अध्ययनबाटै मेराे भविष्य उज्ज्वल बनाउन चाहन्छु । हरेक, दिन हप्ता वा महिना म हरेक व्यक्तिसँग साक्षात्कार गर्नु पर्ने हुन्छ । हरेक व्यक्तिले मलाई साेध्ने एउटै प्रश्न रहन्छ त्याे हाे तपाई भविष्यमा के बन्न चाहनुहुन्छ ?यसको लागि हामीसँग धेरै उत्तरहरू छन्। तर अन्तिममा एउटै उत्तर छानिन्छ। मानिसले भविष्यमा आफूले चाहेको केही पनि काम गर्न सक्छ। हामीलाइ भविष्यमा धेरे कामहरू गर्न मन लागेको होला तर अन्तिममा १,२ ओटा मित्र काम गर्न सकिन्छ।मलाइलाई पनि भविष्यमा धेरै कामहरू गर्न मन छ । मेरा आफन्तहरूले पनि यो प्रश्न गर्छन् । मलाई भविष्यमा के बन्न छ । मैले धेरै उत्तरहरू दिन्छु । मैले कहिले शिक्षक भन्छु । कहिले इन्जिनियर, डाक्टर, व्यापारी, कलाकार, सङ्गीतकार, खेलाडी, राजनीतिज्ञ भनेर भन्छु । मेरो जवाफ जहिले फेरिरहन्छ । मलाई यी कामहरूभन्दा चित्र बनाउन असाध्यै मनपर्छ । उनै ठाउँबाट मलाई एक चित्रकार बन्न मन छ । चित्र बनाउन मन लाग्ने मेरो सबैभन्दा ठुलो रहर हो । चित्रकार बनेर मैले आफ्नो राष्ट्रलाई विश्वमा चिनाउन सक्छु । यसमा देशको र मेरो पनि फाइदा छ । मलाई कविताहरू लेख्न पनि मन पर्छ । कविता लेख्ने कवि हो । म कविता लेख्ने कवि बनेँ भने पनि मैले आफ्नो राष्ट्रलाई विश्वमा चिनाउन सक्छु । नेपाली साहित्यलाई पनि विश्वभर चिनाउन सकिन्छ । मलाई एक साहित्यकार पनि बन्न छ किनभने नेपाली साहित्य लेखेर मलाई त्यो विश्व विश्वमा व्याप्त गराउन पनि मन छ। यो सबै तब मेरो दोस्रो काम पनि हुनसक्छ । मेरो पहिलो काम मेरो पहिलो पेसा भनेको डाक्टर, पाइलट ,इन्जिनियर किसान, वकिल, व्यापारी, आदि हुन सक्छन् । यी सबै कामहरूले समाज विकासमा पनि मद्दत गर्नसक्छन् तर मलाई यिनीहरू पनि नछानी शिक्षक बन्न मन छ । शिक्षकभन्दा पनि धेरै मलाई एक वैज्ञानिक बन्न मन छ किनभने मलाई अहिलेदेखि नै विज्ञान मनपर्छ र त्यसको बारेमा धेरै कुरा पनि थाहा छ । जे जसो भए पनि भविष्यमा मलाई जे बन्न छ । मैले त्यसको बारेमा अहिलेदेखि नै सोच्न थाल्छु ।अहिलेदेखि नै मेहनत गर्याे भने पछि सफलताको किरण आउनसक्छ । मलाई आफ्नो कामबाट जम्मा देशको विकास गर्नुछ। त्योभन्दा पनि धेरै मलाई एक असल मानिस र एक असल नागरिक नै बन्नु छ।
0 reads
Published on 12/6/2022
Barun Kadariya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Barun Kadariya
Grade 6
Roll No: 29053
24
More Articles from
Student
