स्वस्थ भाेजन र त्यसकाे महत्त्व
हाम्रो भविष्य र हाम्रो स्वास्थ्य हामी मै निर्भर छ। भविष्यमा स्वस्थ्य रहनका लागि हामीले अहिलेदेखि नै राम्रो भोजन गर्नुपर्छ। भोजन मात्र नभएर हामीहरूले योग र खेलकुदमा पनि सहभागी हुनुपर्छ। यसले हामीहरूलाई आफ्नो जीवन र शरीर निरोगी रहन मद्दत गर्छ।हामीले अहिलेबाटै खानाकाे लागि राम्रो बानी अपनायाैँ भने हाम्रो भविष्य राम्रो हुन्छ। यसरी नै हामीहरूले राम्रो भोजनको सेवन गरेमा पनि हाम्राे भविष्यमा प्रभाव पर्छ। राम्रो भोजनले नै भविष्यलाई सकारात्मक रुपमा बलियो बनाउँछ। हामीहरूले खाएको भोजनले हाम्राे जीवनमा सकारात्मक र नकारात्मक ऊर्जा उत्पादन गरिरहेकाे हुन्छ ।हामीलाइ थाहा छ, हाम्रो शरीरलाई कार्बोहाइड्रेड ,भिटामिन, प्रोटिन जस्ता तत्वहरू चाहिन्छ। एउटा गाडी चल्नका लागि जसरी डिजेल वा पेट्राेल चाहिन्छ, त्यसरी नै हाम्रो शरीर चल्नका लागि हामीहरूलाई स्वस्थ खानेकुराहरू चाहिन्छ। कार्बोहाइड्रेड ,भिटामिन, प्रोटिन जस्ता तत्वहरू भएका खाद्य पदार्थहरू हामीहरूले खायाैँ भने हाम्रो शरीरकाे विकास राम्ररी हुन्छ र हामीहरूको शक्ति पनि बढ्छ। स्वस्थ भोजनमा पर्ने अन्य कुराहरूमा हरियाे तरकारीहरू र सलाद पर्दछ भने पिउने पानी पनि प्रशस्त मात्रामा पिउन जरुरी हुन्छ। हामीले पोषिला खाने कुराहरूको नियमित सेवन गर्नुपर्छ। पाचनशक्ति बढाउनका लागि फाइबरयुक्त खानेकुरा खाने बानी बसाल्नुपर्छ । धेरै पकाएकाे, चिल्लाे र तारेकाे खानेकुरा खाने बानी गर्नुहुँदैन । हामीले सन्तुलित भाेजनलाई ध्यान दिन सक्याैँ भने हामीहरू निरोगी र शक्तिशाली हुन सक्छौँ। यसले हामीलाई मानसिक र शारीरिक दुबै रुपमा सक्षम बनाउँछ। यसले हामीहरूको रगतलाई शुद्ध बनाउन पनि मद्दत गर्छ। हामीले हरिया सागपात र फलफूलहरू खायाैँ भने हामीलाई भिटामिन र कार्बोहाइड्रेट्सको कमी हुँदैन।हामीलाइ थाहा छ कि बाहिरी खानाहरू स्वस्थ भोजन मानिँदैनन्। हामीहरूले आफ्नो शरीरलाई स्वस्थ बनाउनका लागि ताजा, घरकाे भान्सामा पकाएकाे खानामा हरिया सागसब्जीकाे समावेश गरेर नियमित भोजन गर्नुपर्छ। हामीहरूले बाहिरकाे खाद्यपदार्थहरू खायाैँ भने हामीहरू रोगी र कमजोर हुनसक्छाैँ। बाहिरी भोजनहरूमा धेरै तेल हालेको हुन्छ जुन हाम्रो शरीरका लागि राम्रो मानिँदैन। कुनैकुनैमा धेरै चिनी र कुनैमा धेरै नै नुन हालेको हुन्छ, यसबाट हाम्रो पाचन शक्ति कमजोर हुन्छ। हामीहरूले सही मात्रामा भोजनको सेवन गर्नुपर्दछ। थोरै खानु र धेरै खानु दुवै हाम्रा शरीरका लागि राम्रो होइन ।धेरै थोरै खायो भने हामीहरूलाई पेटकाे समस्या, पाचनकाे समस्या र ग्यास्टिककाे समस्या हुन सक्छ । यी सबै कुराले हामीहरूको स्वास्थ्यमा प्रभाव पार्छ त्यसैले हामीले राम्रो खानेकुरा खायाैँ भने हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्य पनि हुन्छ र हाम्राे शरीर मजबुत, बलियो र मानसिक रूपमा दन्तुरूस्त भयाैँ भने हाम्राे पारिवारिक र सामाजिक जीवन पनि स्वस्थ्य हुन्छ । स्वस्थ जीवनका लागि स्वस्थ खाद्य पदार्थहरूको सेवन गर्न धेरै महत्वपूर्ण छ ।
0 reads
Published on 9/19/2023
Barun Kadariya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Barun Kadariya
Grade 7
Roll No: 29053
24
More Articles from
Student
