underline

मामाको कथा

Underline

Share:

आशिषको जाडो बिदामा उसको परिवार पोखरा जाने निधो गर्छन् । ऊ आफ्ना आमाबुबा र भाइसँग जान्छ । उसले पोखराको बारेमा आफ्नो स्कुलमा सुनेको थियो । उसको पाेखरा यात्रा पहिलो पटक थियो । उसले पोखरा गएपछि धेरै कुरा गर्ने सोचेको थियो। उसको दिमागमा अनेकौँ जिज्ञासाहरू थिए। उनीहरूकाे अब जाने निधो पनि भयाे । बुबा आएर भन्नुभयो कि, उँहाले एक हप्ताको लागि बिदा लिनुभएको छ। चाहियो भने उहाँले अझ बिदा लिनु हुन्छ रे । हामीले पोखरा जाने निधो गरिसकेका थियाैँ र हामीले एउटा होटल पनि बन्दाेबस्त गरिसकेका थियाैँ । यो भन्दै उँहाले रमाउँदै आशिषलाई सोध्नुभयो, “तिम्रा केही विचारहरू छन् पोखरा जानका लागि ?भोलिपल्ट बिहानै उठेर उनीहरू पाेखराका लागि निस्के। उनीहरू जहाजबाट पोखरा पुगे। त्यहाँको वातावरण काठमाडौँको भन्दा धेरै राम्रो थियो। चराहरू आफ्नो स्वरमा चिरबिर चिरबिर गरिरहेका थिए। हावामा फूलको बास्ना मगमगाइ रहेको थियो। आमाबुबासँगै आशिष बुबाले छनाैट गरेकाे हाेटलतिर लाग्दै गर्दा उसले त्यहाँ भएका धेरै कुराहरू अनुभव गर्‍याे। त्यहाँबाट उसले यस्तो महसुस गर्‍याे कि त्यहाँ आएपछि फेरि कतै नजानु जस्तो हुन्थ्यो। त्यहीँकाे सुन्दरतामा डुबिरहनु जस्तो हुन्थ्यो।उनीहरू पाेखरा पुगिसकेपछि र होटल पुगेपछि आफ्नो कोठामा गए । उनीहरूलाइ अहिलेसम्म थाहा थिएन कि उनीहरू कहाँ घुम्न जानुपर्ला । उनीहरू घुम्न जाने ठाँउकाे बारेमा कुरा गर्दै गर्दा उनीहरूको कोठामा वेटरले ढोका ढकढक गर्‍याे र भन्यो कि, उनीहरूको खाजा तयार छ। उसले उनीहरूलाइ भन्यो कि हजुरहरू यहाँ घुम्नका लागि आउनुभएको हो भने मैले हजुरलाई ठाउँहरूका बारेमा जानकारी दिन सक्छु।उनीहरूले सबै जानकारी दिन वेटरलाइ भने । उनीहरू भोलिपल्ट नै घुम्नका लागि निस्किन्छन्, पहिला त फेवाताल तिर जान्छन् । फेवातालमा जलयात्रा गर्दा आशिष रमाइलो गर्दै आफ्ना आमाबुबासँग सोध्छ यस तालको बिचमा भएको ठाउँको नाम के हाे ? उसका बाबुआमाले भन्नुहुन्छ कि हामी त्यहीँ गइरहेको हो र त्याे एक मन्दिर हाे जुन देवी मन्दिर हाे र जसकाे नाम तालवाराही मन्दिर हाे ।उनीहरू पाेखरामा भएका धेरै ठाँउहरू घुम्छन्। फेवाताल पछि उनीहरू वेगनासताल जान्छन्। बेगनासताल फेवाताल जस्तै सुन्दर थियो। यहाँ प्राकृतिक सुन्दरताको खाँचो थिएन । पछाडि ठुल्ठुला पहाडहरू र सुन्दरताकाे बिचमा ताल नै थियो र त्यसको अगाडि हरियाली ठाँउ थियो। तालको पानीमा हिमालहरू ऐना जसरी देखिरहेका थिए। यहाँका माछाहरू पनि यसरी नै पानीमा रमाइरहेका थिए। बाहिर मानिसहरू पनि त्यही प्राकृतिक सुन्दरतामा भुलेका थिए। त्यहाँबाट माछापुच्छ्रेको हिमालकाे उत्तर दिशा देखिरहेको थियो । माछाको जस्तो पुच्छर भएकाले यसलाई माछापुच्छ्रे भनिएको हाे । पाेखरामा भएका सबै पाेखरी र गुफा घुमी अरू एकदिन त्यो सबै ठाउँलाई घुमफिरमा बिताएर अर्को दिन उनीहरू बाँकी रहेकाे स्थानमा घुम्छन्। उनीहरू घुमेकामध्ये कुनै गुफाहरूमा चमेराहरू थिए भने कुनैमा चमेराहरू थिएनन्।आशिष भने चमेरा भएका कारण गुफामा नै जान डरायाे । किनभने उसलाई त्यति धेरै चमेराहरू देख्दा डर लाग्यो। एकहप्ता सकिन समय बाँकी नै थियो । त्यसैले उनीहरू पहाडतिर पनि घुम्न जाने कि भनेर सोच्न थाले। पोखरा यात्रा सकिएपछि यो अब पहाडतिर जानु राम्रो होला भनेर उनीहरू गाडीबाट पहाडतिर गए। त्यहाँ आशिषको मामाघर पनि थियो। उनीहरूले दुई दिन मामाघरमा नै बिताए। पहाड र पोखरा घुमेर आएपछि उनीहरू काठमाडौँमा फर्किन थाले। बाटाेमा अर्काे ठाउँ पनि घुमेर काठमाडाैँ फर्कने सल्लाह भयाे किनकि उनीहरूसँग समय पर्याप्त रूपमा भएकाले उनीहरू चितवनतिर लागे । चितवन राष्ट्रिय निकुञ्ज जनावरहरूको संरक्षणका लागि खोलिएको ठाउँ हो। यहाँ हामीले धेरै प्रकारका जनावरहरू देख्याैँ । यो ठाउँ पनि आशिषलाइ रमाइलाे लाग्याे । यहाँ पानीमा बस्ने र जमिनमा बस्ने दुवै प्रकारका जनावरहरू पाइन्छन्। यहाँ बाघ,भालु,चितुवा,मृग र माछाहरू जस्ता विभिन्न जनावरहरू र पशुपक्षीहरू पाइन्छन्। यहाँ धेरै जस्तो हात्तीहरू घुमिरहेको देख्न पाइन्छ भन्ने कुरा आशिषले आफ्नो किताबमा पनि पढेको थियो। उनीहरू यहाँ आएपछि सौराहा पनि घुम्न जाने कुरा आशिषले मलाइ उसकाे मामाघरबाट जानकारी गरायाे । उसले पाेखरा र चितवन घुम्न गएकाे कुरा सुनाउँदा धेरै रमाइलाे लागिरहेकाे थियाे । उसकाअनुसार अब ऊ सौराहातिर घुम्न गइरहेकाे छ रे । अहिले ऊ यात्राका कारण थाकेर मामाघरमा नै आराम गर्ने निधाे गर्छ ।

0 reads

Published on 1/30/2024

Image

Barun Kadariya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Barun Kadariya

Grade 7

Roll No: 29053

24

More Articles from

Student

Underline