मेरो रहर
तिमीलाई भविष्यमा के बन्ने मन छ ?याे प्रश्न मलाई सानैदेखि सबैबाट साेधिने गरिएकाे छ ।यसको लागि हामीसँग धेरै उत्तरहरू छन् तर अन्तिममा एउटै उत्तर छानिन्छ । मानिसले भविष्यमा आफूले चाहेको केही पनि काम गर्न हामीलाई भविष्यमा धेरे कामहरू गर्न मन लागेको होला तर अन्तिममा १,२ ओटा मात्र काम गर्न सकिन्छ ।मलाइलाई पनि भविष्यमा धेरै कामहरू गर्न मन छ । मेरा आफन्तहरूले पनि यो प्रश्न साेध्छन् । मलाई भविष्यमा के बन्न छ । मैले धेरै उत्तरहरू दिन्छु। मैले कहिले शिक्षक भन्छु । कहिले इन्जिनियर,डाक्टर, व्यापारी, कलाकार, सङ्गीतकार, खेलाडी, राजनीतिज्ञ भनेर भन्छु । मेरो जवाफ जहिले फेरिरहन्छ । मलाई यी कामहरूभन्दा चित्र बनाउन असाध्यै मनपर्छ। उनै ठाउँबाट मलाई एक चित्रकार बन्न मन छ । चित्र बनाउन मन लाग्ने मेरो सबैभन्दा ठुलो रहर हो । चित्रकार बनेर मैले आफ्नो राष्ट्रलाई विश्वमा चिनाउन सक्छु । यसमा देशको र मेरो पनि फाइदा छ । मलाई कविताहरू लेख्न पनि मन पर्छ । कविता लेख्ने कवि हो । म कविता लेख्ने कवि बनेँ भने पनि मैले आफ्नो राष्ट्रलाई विश्वमा चिनाउन सक्छु । नेपाली साहित्यलाई पनि विश्वभर चिनाउन सकिन्छ । मलाई एक साहित्यकार पनि बन्न मन छ किनभने नेपाली साहित्य लेखेर म विश्वमा चिनिन मन छ । यो सबै तब मेरो दोस्रो काम पनि हुनसक्छ । मेरो पहिलो काम मेरो पहिलो पेसा भनेको डाक्टर, पाइलट ,इन्जिनियर किसान, वकिल, व्यापारी, आदि हुन सक्छन् । यी सबै कामहरूले समाज विकासमा पनि मद्दत गर्न सक्छ ।तर मलाई यिनीहरू पनि नछानी शिक्षक बन्न मन छ । शिक्षकभन्दा पनि धेरै मलाई एक वैज्ञानिक बन्नु मन छ किनभने मलाई अहिलेदेखि नै विज्ञान मनपर्छ र त्यसको बारेमा धेरै कुरा पनि थाहा छ । जे जसो भए पनि भविष्यमा मलाई जे बन्न छ । मैले त्यसको बारेमा अहिलेदेखि नै सोच्न थाल्छु ।अहिलेदेखि नै मेहनत गर्याे भने पछि सफल हुन सकिन्छ । मलाई आफ्नो कामबाट जम्मा देशको विकास गर्नुछ । त्योभन्दा पनि धेरै मलाई एक असल मानिस र एक असल नागरिक नै बन्नु छ । असल नागरिक बन्नु नै मेराे ठुलाे रहर हाे ।
0 reads
Published on 11/10/2022
Barun Kadariya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Barun Kadariya
Grade 6
Roll No: 29053
24
More Articles from
Student
