underline

सगरमाथा

Underline

Share:

हाम्रो देश नेपालमा धेरै अग्ला अग्ला हिमालहरू छन् । त्यसमध्येको एउटा सगरमाथा हो । सगरमाथा हामी सबै नेपालीको पहिचान हो । सगरमाथा हाम्रो देशको गौरव हो । सगरमाथा संसारभरिकै सबैभन्दा अग्लो हिमाल हाे । यसको उचाई ८८४८.८६ मिटर रहेको छ । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ । सगरमाथा जाँदाखेरि नाम्चेबजार भएर जानुपर्छ । नाम्चेबजार अत्यन्त रमणीय ठाउँ हाे । सगरमाथाको छेउमा कञ्चनजङ्घा, ह्लाेत्से, गौरीशंकर र अरु थुप्रै सुन्दर हिमालहरू छन् । यी सम्पूर्ण मनमोहक हिमश्रृंखलाहरूले हाम्रो देशको प्राकृतिक सुन्दरतालाई बढाएको छ । सगरमाथा विश्वभरिनै प्रसिद्ध छ ।

0 reads

Published on 7/28/2023

Image

Suruchi Bimali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Suruchi Bimali

Grade 2

Roll No: 34026

22

More Articles from

Student

Underline