सगरमाथा
सगरमाथा संसारकै सबैभन्दा अग्लो हिमाल हो। सगरमाथाले नेपाललाई विश्वमा चिनाएको छ। सगरमाथाको उचाइ ८,८४८ मिटर अग्लो छ। यो एउटा पर्यटकीय स्थल हो। सगरमाथा चढ्न देशविदेशबाट मानिसहरू आउँछन् । सगरमाथा चढ्ने पहिलो व्यक्ति तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी हुन्। सगरमाथा हाम्रो देशमा छ । सगरमाथा सोलुखुम्बु जिल्लामा पर्छ। हाम्रो देशमा अरु पनि थुप्रै हिमालहरू छन् । तीमध्ये सबैभन्दा अग्लो हिमाल सगरमाथा हो । एडमन्ड हिलारीसँग सगरमाथा चढ्ने तेन्जिङ नोर्गे शेर्पा नेपाली हुन् । सगरमाथा सम्पूर्ण नेपालीहरूको गाैरवको प्रतिक हो। यसको संरक्षण गर्न सम्पूर्ण नेपालीको दायित्त्व पनि हो।
0 reads
Published on 1/5/2026
Suruchi Bimali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Suruchi Bimali
Grade 4
Roll No: 34026
22
More Articles from
Student
