गुरु
अँध्यारो जीवनमा नयाँ दिन ल्याउने
गुरुको उच्च विचारले नै ज्ञान दिलाउने
गुरुबिना ज्ञान हुँदैन ज्ञानबिना कोही
महान हुँदैनाैँ जब बिराउँछाैँ बाटो हामी
तब गुरुले नै हो दिने ज्ञान हामीलाई
सही गलत साँचो झुटोको पाठ पढाउने
उहाँको स्थान उच्च हो गुरुजी कहलाउने
सच्चाइको बाटोमा हिँड्न सिकाउने
त्यो चमत्कारी हो गुरु जो कहलाउने
तिर्खाएको मानिसलाई मिलेजस्तै पानी
गुरु नै हो हाम्रो भविष्यवाणी
गुरुले देख्दैनन् कुनै जातपात
गुरुले गर्दैनन् कुनै पक्षपात
गरिब या धनवान गुरुले गर्ने एक समान ॥
0 reads
Published on 7/20/2024
Suruchi Bimali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Suruchi Bimali
Grade 3
Roll No: 34026
22
More Articles from
Student
