underline

बुद्ध जयन्ती

Underline

Share:

बुद्ध जयन्ती

बुद्ध जयन्ती एसियाका साथै विश्वमा नै मनाइन्छ । बुद्ध जयन्ती भगवान बुद्धको जन्मदिनको उपलक्ष्यमा मनाउने एउटा पवित्र दिन हो । बुद्ध जयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनमा भगवान बुद्धको सम्मान स्वरूप बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्धको जन्म ५६३ ईशापूर्वमा शाक्यकुलका राजा शुद्धोधन र महारानी मायादेवीको पुत्रको रूपमा नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा भएको थियो । बुद्धधर्मका संस्थापक गौतमबुद्ध महाध्यानी, समाज सुधारक, धर्मगुरु, दार्शनिक तथा एक भिक्षुक थिए । महात्मा बुद्धका ज्ञान, शिक्षा र उपदेशहरूले अझै पनि विश्वलाई प्रभावित पारिरहेको छ। उनलाई एसियाका तारा भनेर चिनिन्छ। उनको नाम सिद्धार्थ गौतम हो । उनी बाल्यकालदेखि नै अति दयालु, गम्भीर र शान्त स्वभावका थिए । गाैतम बुद्धलाई शान्तिका अग्रदूतका रूपमा संसारले चिन्दछ ।

1 reads

Published on 9/29/2026

Image

Suruchi Bimali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Suruchi Bimali

Grade 5

Roll No: 34026

22

More Articles from

Student

Underline