घमण्डी खरायो
एकादेशमा एउटा सुन्दर गाउँ थियो । त्यो गाउँको नजिकै घना जङ्गल थियो । त्यस जङ्गलमा थुप्रै जनावरहरू बस्थे । धेरै जनावरहरूमध्ये एउटा घमण्ड गर्ने खरायो पनि बस्थ्यो । उसमा ममात्र छिटो कुद्न सक्छु भन्ने घमण्ड थियो । एकदिन त्यो खरायाेले कछुवालाई छिटो हिँड्न नसक्ने भन्दै जिस्क्यायो । कछुवालाई निकै रिस उठ्यो । कुछुवाले दौड प्रतियोगिता गर्ने भन्यो । खरायाे र कछुवा दुबै मैदानमा आए । दौड सुरु भयो । खरायो एकदम छिटो कुदिरहेको थियो । कछुवा भने बिस्तारै हिँडिरहेको थियो । खरायोले कछुवालाई निकै पछाडि देखेपछि आफूले केही समय आराम गर्ने कुरा सोच्यो ।आराम गर्दागर्दै खरायो रूखको फेदमुनि निदायाे । कछुवा आफ्नो गन्तव्यमा पुग्न आँटेको थियो । खरायोको निद्रा खुल्यो । आखिरीमा कछुवाले नै दौड जित्यो । यस कथाबाट कहिल्यै घमण्ड गर्नुहुँदैन । बलले हाेइन, बुद्धिले काम गर्नुपर्छ भन्ने शिक्षा पाइन्छ ।
0 reads
Published on 11/4/2023
Paridhi Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Paridhi Pant
Grade 6
Roll No: 30054
20
More Articles from
Student